Logo

करिब ३ करोडको साधारण सेयर निष्काशन हुनेभो,भर्न तयार हुनुहोस् !

काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १९

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com