Logo

चार मन्त्री र दर्जनौं पूर्वमन्त्री हिरासतमा,सबैको नाम खुल्न बाँकी !

भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई हिरासतमा राखिएको छ । भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको बिबिसीले जनाएको छ । हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन ।

यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ । आधिकारिक रुपमा उनीहरुलाई किन हटाइएको भन्ने खुलाइएको छैन । साउदी समाचार संस्था अल अरेबियाले भने २००९ मा जेद्याहमा आएको बाढी र २०१२ मा फैलिएको मर्स भाइरसको बारेमा नयाँ तरिकाले अनुसन्धान हुन लागेको उल्लेख गरेको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार नयाँ गठन भएको कमिटीको अध्यक्षलाई एरेस्ट वारेन्ट जारी गर्न वा यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको खबरमा उल्लेख छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १९

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com