Logo

१०० रुपैंया अंकित २८ करोडको सेयर आजै लिनुहोस् !

काठमाडौ । जेबिल्स फाइनान्सको १०० प्रतिशत हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समय अबधिभित्र फाइनान्सको हकप्रद भरिसक्नुपर्नेछ ।

जेबिल्सले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ८९ हजार ५६२.५० कित्ता अर्थात २८ करोड ८९ लाख रुपैंया बराबरको सेयर बिक्री खुला गरेको हो । यसमा भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौं र जेबिल्स फाइनान्सको मुख्य कार्यालय न्यूरोड, काठमाडौबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सनराइज बैंकका विराटनगर, पोखरा, वीरगंज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । हाल जेबिल्सको चुक्ता पुँजी २८ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com