Logo

बैंकको ५०% हकप्रद खुल्यो,कहाँ–कहाँबाट आवेदन दिने ?

काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। माउण्ट मकालु डेभलपमेन्ट बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा तीन लाख ४५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकले कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि दुर्इ बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। बैंकको हकप्रद आवेदनका लागि मंसिर ७ देखि पुष १२ गतेसम्म रहेको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआर्इविएल क्यापिटलले जनाएको छ।

एनआर्इविएल क्यापिटल लाजिम्पाट, माउण्ट मकालु डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु पोखरा, विराटनगर, बीरगञ्ज, नेपालगन्ज, नारायणगढ, बुटवल र धनगढीबाट हकप्रद आवेदन दिन सकिने बताइएको छ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com