Logo

नेपाल एयरलाईन्सको जहाज दुर्घटना !

भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको पाँग्रा पंचर भएको विमानस्थल स्रोतले बताएको छ ।

उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।

रनवेमा जहाज दुर्घटना भएपछि उडान प्रभावित भएको छ । उक्त जहाज यसअघि पनि भैरहवामा नै ल्याण्ड गर्दा पाँग्रा पंचर भएर दुर्घटना भएको थियो ।

फाईल फोटो

प्रकाशित मितिः२०७४ कार्तिक २०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com