back
NMB ad

सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न लागेको हाइड्रोद्धारा बिद्युत् उत्पादन सुरु

Kumari bank ad

काठमाडौ ।३ मेगावाटको गर्जाङ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ । रामेछापको चुचुरेस्थित चाके खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युत प्रणालीमा थप भएको हो ।

३ वर्षअघि निर्माण सुरु भएको आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेको गर्जाङ हाइड्रोपावर कम्पनीका सञ्चालक आङटावा शेर्पाले बताए । उनका अनुसार ७० करोड रुपैयाँको लागतमा आयोजना पूरा भएको हो । आयोजनाबाट उत्पादित विद्युत दोलखाको जिरी सबस्टेसनमा लगेर जोडिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत (२ लाख कित्ता) सेयर निष्काशन गर्ने शेर्पाले बताए । सेयर निष्काशनका लागि एनआइबिएल क्यापिटललाई विक्री प्रबन्धक तोकिएको छ । स्थानीयका लागि सेयर निष्काशन गर्न कम्पनीले २०७३ असोज १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको थियो ।उर्जाखबरबाट

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...