काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनीको १६३ औं सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नगद लाभांश नेपाल सरकारको स्वीकृति लिएपछि वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ ।
वि.सं.२०७४ कात्तिक २१ मंगलवार १३:१४ मा प्रकाशित