Logo

नेप्सेमा ३ करोड ३७ लाख कित्ता सेयर सूचिकृत !

काठमाडौ। मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३.७६ कित्ता सेयर सूचिकृत भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी उक्त मात्राको सेयर सूचिकृत भएको हो ।

बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, सेञ्चुरी कमर्शियल बैंक, हाम्रो विकास बैंक र एभरेष्ट बैंकको हकप्रद र मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर सुीचकृत भएको हो ।

मंगलबार नेप्सेमा रिलायवल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५०० कित्ता र सेञ्चुरी बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता, हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७७०.७६ कित्ता र एभरेष्ट बैंकको एक करोड ५० लाख ८८ हजार ०८७ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएका छन् ।

त्यस्तै मंगलबार मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८३५ कित्ता बोनस सेयर सुीचकृत भएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक २१

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com