back
NMB ad

काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

Kumari bank ad

काभ्रे । हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गएर हेर्न उत्सुक हुन्छ कि त्यहाँ कसरी विद्यार्थी पढाइएको होला ?

पनौती आधारभूत विद्यालय जुन पाठशाला विद्यालयको नामबाट पनि निकै प्रचलित छ । यस विद्यालयले शताब्दी पार गरिसकेको छ । जसको स्थापना १९७२ सालमा भएको विद्यालयको शिलालेखबाट नै प्रष्ट झल्कन्छ । विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पढाइ हुने गर्छ । जुन पनौती नगरपालिका–७ मा पर्छ ।

विद्यालय गल्लीभित्र भएको र निकै साँघुरो भएका कारण त्यहाँ दिउँसै विद्यार्थीलाई बत्ती बालेर पढाउनुपर्ने अवस्था छ । विद्यालयको यस्तो अवस्था भए पनि यहाँको विद्यार्थी संख्या भने राम्रो छ । यहाँ जम्मा २४५ जना विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद ताम्राकारले बताए ।

“विद्यालयको भौतिक पूर्वाधार राम्रो नभएका कारण विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन निकै मुस्किल छ ।” ताम्राकारले भने । “विद्यालयको पुनःनिर्माणका लागि सरकारलाई आह्वान गरे पनि अहिलेसम्म कुनै चासो दिएको छैन ।”

विद्यालयको अवस्था दयनीय भए पनि ताम्राकारले विद्यार्थीको सहयोगका लागि हात फैलाउन कुनै पनि कसर छाडेका छैनन् । बाटोमा हिँड्ने पर्यटकदेखि दातृ निकाय सबैसँग उनले सहयोग मागेर विद्यार्थीका लागि खाजादेखि लत्ताकपडा र शैक्षिक सामग्रीसमेत निःशुल्करुपमा उपलब्ध गराउँदै आएका छन् । कतिपय आर्थिक अवस्था कमजोर हुने परिवारका विद्यार्थीलाई त उनले छात्रवृत्तिसमेत उपलब्ध गराउनुभएको छ । विद्यालयमा नेपाली माध्यमबाट मात्र पढाइ हुने हुँदा अंग्रेजी माध्यमबाट पढ्न चाहने विद्यार्थीलाई बोर्डिङ स्कुलमा समेत छात्रवृत्तिको माध्यमबाट पठाउने गर्दै आएका छन् ।

अन्य विद्यालयबाट आएका विद्यार्थीमध्ये पाठशाला विद्यालयबाट आउने विद्यार्थी निकै अनुशासित हुने गरेको पनौती–३ मा रहेको सेन्टलम एल्बम एकेडेमीका प्रधानाध्यापक अग्नि सापकोटाले बताए । शैक्षिक गुणस्तरमा पनि पाठशाला विद्यालय कम नभएको एसएलसीको नतिजाले देखाउने गरेको छ । “अरु विद्यालयबाट आएका विद्यार्थीभन्दा मेहनत गर्नमा पाठशाला विद्यालयका विद्यार्थी कम छैनन्”, सापकोटाले भने ।

पाठशाला विद्यालयको शैक्षिक गुणस्तर राम्रो भए पनि यहाँको भौतिक पूर्वाधार नै चुनौतीको विषयका रुपमा रहेको छ । विद्यालयमा राम्रो र पर्याप्त कक्षाकोठा नभएको कारण त्यहाँका विद्यार्थी निकै समस्यामा छन् । “कक्षा साँघुरो छ, पढ्न उज्यालोको निकै समस्या हुने गर्छ ।” कक्षा ८ मा अध्ययनरत छात्रा कृतिका हुमागाईंले भन्नुभयो, “बत्ती गएका बेला पढ्न निकै समस्या हुन्छ ।” वर्षात्को समयमा झ्यालबाट पानी छिर्ने र जाडो महिनामा निकै चिसो हुने हुँदा तातो कपडाले समेत नधान्ने उनले बताए ।

कक्षा साँघुरो भएकै कारण कक्षामा बसेर पढ्न निकै समस्या हुने गरेको कक्षा ८ मा अध्ययनरत अर्का छात्र श्रीकृष्ण श्रेष्ठले बताए । “गर्मी महिनामा त कतिपय साथी गर्मी सहन नसकेर बेहोससमेत हुने गरेका छन्”, श्रेष्ठले भने ।

विद्यालयको भौतिक पूर्वाधारकै कारण यहाँ पढाउने शिक्षक शिक्षिकासमेत निकै समस्यामा छन् । विद्यालयको कक्षाकोठा र ट्वाइलेटसँगै भएकाले दुर्गन्धका कारण पठनपाठनमा निकै समस्या हुने गरेको विद्यालयकी शिक्षिका शान्ति ताम्राकारले बताइन् ।

विद्यालयभन्दा केही पर विद्यालयको नाममा पाँच रोपनी जग्गा भएको विद्यालयका प्रधानाध्यापक ताम्राकारले बताए । पनौतीका अन्य विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण अन्य विद्यालयमा नै लगेर विद्यार्थीलाई पढाउने वा विद्यालय भवन बनाउने भन्ने अन्योलका रुपमा रहेको उनले बताए । उक्त विद्यायलको भवन २०४५ सालमा फ्रान्स सरकारको सहयोगमा पुनःनिर्माण गरिएको थियो ।

यस्तोखाले अन्योलका कारण नै विद्यालयमा सुविधा भएर पनि विद्यार्थीे त्यसबाट वञ्चित छन् । सरकारले समयमा नै विद्यालयका लागि विकल्प दिए दिउँसै बत्ती बालेर पढाउनुपर्ने समस्याबाट विद्यालय माथि उठ्ने थियो ।मीना घोरसाइने/रासस

प्रकाशित मितिः२०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १५:२९ मा प्रकाशित

You can share this post!

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...