back
NMB ad

प्रियंकाले दीपकराजलाई जुरुक्कै बोकेपछि…

Kumari bank ad

काठमाडौ । मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झ्यानाकुटी’को फस्ट लुक पोष्टरमा नायिका बेनिशा हमालले नायक सौगात मल्ललाई काँधमा बोकेकी छिन् । यो पोष्टर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भैरहेको छ । पोष्टरबाट पाएको प्रतिक्रियापछि फिल्म निर्माण टीमले प्रचार–प्रसारमा फाइदा पुग्ने गरि ‘झ्यानाकुटी’ फोटो कन्टेस्टको आयोजना गरेको छ ।

आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।

तर, नायिका प्रियंका कार्की र कलाकार तथा निर्माता दीपकराज गिरीले भने फिल्मलाई समर्थन गर्दै एक तश्वीर आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन्, जसमा प्रियंकाले दीपकराजलाई जुरुक्कै बोकेकी छिन् । यस्तै, नायिका नीता ढुंगानाले पनि फिल्मलाई समर्थन गर्दै अमेरिकामा निर्देशक श्याम भट्टराईलाई काँधमा बोकेकी छिन् ।
neeta
नेपाली सेलिव्रेटीदेखि प्रेम–प्रेमिका, श्रीमान–श्रीमतिसम्मले आफ्नो जोडीलाई काँधमा बोकेको तश्वीर फेसबुकमा अपलोड गरेका छन् । आफ्नो फिल्मको प्रचार अभियानले चर्चा पाएपछि निर्मात्री नीशा अधिकारी यतिबेला दंग छिन् । यो फिल्मबाट अभिनेत्री नीशा अधिकारी निर्मात्रीको रुपमा भित्रिन लागेकी हुन् ।

यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा नीशालाई सिमोसले पनि सहयोग गरेका छन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मीखबरबाट

प्रकाशित मितिः२०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...