काठमाडौ । महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३ सय ७१ रुपैयाँ तोकिएको छ । महुलीको औसत आधार मूल्य भने ७३५ रुपैयाँ हो ।
महुलीले मंसिर ९ गते साधारण सभा गर्न आइतबारदेखि बुक क्लोज गरेको हो । साभामा कम्पनीले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ भने बोनसपछि कायम हुने पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
प्रकाशित मितिः२०७४ कार्तिक २६
वि.सं.२०७४ कात्तिक २६ आइतवार ११:५७ मा प्रकाशित