back
NMB ad

बैंकको १०० रुपैंया अंकित ४९ करोडको सेयरमा आजै आवेदन दिनुहोस् !

Kumari bank ad

काठमाडौ । ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर भर्ने म्याद आईतबार सकिंदैछ । असोज २३ गतेदेखि १०ः३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४९ लाख ३१ हजार ८३५ कित्ता अर्थात् ४९ करोड ३१ लाख रुपैंया बराबरको सेयर बिक्री खुला गरेको थियो । आज कार्यालय समयभित्र यो सेयर भरिसक्नुपर्ने हुन्छ ।

यो हकप्रदमा भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं र ओमको केन्द्रीय कार्यालय पोखरालगायत अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगंज, नेपालगंज, इटहरी र धनगढी शाखाबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

राष्ट्रियस्तरको विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पर्ने भएकाले ओमले हकप्रदको बाटो रोजेको हो । पुँजी वृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एक आपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु भइसकेको छ । मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ । बैंकले यही चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । हकप्रद बिक्रीपछि ओमको चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २६

वि.सं.२०७४ कात्तिक २६ आइतवार १२:१५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...