back
NMB ad

सैनिक शाासनको पूर्वाभ्यास हुँदै

Kumari bank ad

हरारे । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् ।

जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो ।

यहाँको राष्ट्रिय सेनाका प्रमुखले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सत्तारुढ दलले अपराधी र घुसखोरहरुलाई संरक्षण प्रदान गरेको भन्दै आवश्यक परे सेनाले देशको शासन सत्ता हातमा लिएर शुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको थियो । उक्त कुराको थप पुष्टि आज भएको भनी सत्तारुढ दलले भनिरहँदा यहाँको सेनाले पनि त्यसको पुष्टि गरेको छ ।

सेनाले यहाँको सरकारी रेडियो र टेलिभिजन कब्जामा लिएको स्वीकार गरेको छ र भनेको छ– गत सोमबारको प्रेस विज्ञप्तिभन्दा हामी एक कदम अगाडि बढेका छौँ । देशमा पछिल्लो समयमा बढ्दै गएको राजनीतिक कलह सुल्झाउन जिम्बावेको सेनाले हस्तक्षेपको तयारी गरिरहेको बताइएको छ ।

तर यहाँको सत्तारुढ दलले भने देशको राजनीतिक कलह सुल्झाउन नभई सेना प्रमुखले सैनिक विद्रोहलाई नै बढावा दिएको आरोप लगाएको छ । जिम्बावेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सेनाले भने उनको सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

सेनाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सबैभन्दा पहिला त हामी जिम्बावेका राष्ट्रपति र उहाँको परिवारलाई सुरक्षित राख्न चाहन्छौँ, उहाँहरुको सुरक्षा व्यवस्था चुस्त रुपमा गर्न चाहन्छौँ ।

सेनाले राष्ट्रपति रोबर्ट मुगाबे र उहाँको परिवार सुरक्षित र सकुशल रहेको जनाएको छ । सो विज्ञप्तिमा भनेको छ– हामीले राष्ट्रपतिलाई केही गर्दैनौँ, हाम्रो तारो भनेको उनको वरिपरी रहेका राजनीतिक नामका अपराधीहरु हुन् ।

यहाँको सेनाले यो अभ्यासलाई सैनिक शासनको तयारी भनेर स्पष्ट नभने पनि यस अवस्थालाई सैनिक शासनको पूर्वाभ्यासका रुपमा विश्लेषण गरिएको छ । रासस÷सिन्ह्वा

फाईल फोटो

प्रकाशित मितिः २०७४ कार्तिक २९

वि.सं.२०७४ कात्तिक २९ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...