back
NMB ad

भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गर्दै सम्पन्न

Kumari bank ad

चितवन । भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ ।

कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ ।
यस्तै अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलनको आयोजक राष्ट्रको हैैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो काँग्रेस’ आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने निष्कर्ष निकालिएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजना तथा नेपाल सरकारको पशुसेवा विभाग, नार्क तथा मिचिगन स्टेट अफ युनिभर्सिटी अमेरिकाको सहआयोजनामा उक्त सम्मेलन भएको हो ।

सम्मेलनमा भैंसी उत्पादन, व्यवस्थापन, स्वास्थ्य, आनुशंशिक विकास, जैविक प्रविधि तथा नीतिगत विषयमा पाँचवटा विशेष, १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर गरी ७९ वटा प्राविधिक कार्यपत्र प्रस्तुत भएको थियो ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब २०० विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता थियो ।

भैंसीको अनुवांशिक गुण वृद्धिगरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैंसीको व्यवस्थापनका विषयमा सम्मेलन फलदायी भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति डा आइपी ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७४

वि.सं.२०७४ मंसिर २ शनिवार १२:५१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...