Logo

दुई हजार ४१० स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणअन्तर्गत मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको र आज अपराह्न ४ बजेसम्म १५ जिल्लाका सबै मतपेटिका आइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोगका अनुसार मंगलबार साँझसम्ममा बाँकी मतपेटिका जिल्ला सदरमुकाममा आइसक्ने छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com