back
NMB ad

भीमढुंगादेखि धार्केसम्म सडक विस्तार गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धिमा लैजान वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनद्वारा आज नागार्जुन नगरपालिका–७ मा आयोजित चुनावीसभामा उहाँले सो गठबन्धनले बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेमा पाँच वर्षभित्र मुलुकमा औद्योगिक क्रान्ति गरी जनताको आर्थिक पहुँच विस्तार गर्ने बताउनुभयो ।

देशमा सरकारको स्थायित्व कायम हुन नसक्दा ठूला परियोजना अलपत्र पर्ने र सुशासन कायम हुन नसक्ने बताउँदै पार्टी कार्यालय सचिव श्रेष्ठले अब देश र जनताको प्रगतिका लागि उक्त गठबन्धनलाई अवसर दिन आग्रह गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का उम्मेदवारसमेत रहनुभएका श्रेष्ठले भीमढुंगादेखि धार्केसम्म सडक विस्तार गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।

सोही क्षेत्रअन्तर्गत प्रदेश (२) का उम्मेदवार केशवप्रसाद पोखरेलले स्थानीय विकासका साथै पूर्वाधार निर्माणका लागि आफूसँग प्रष्ट दृष्टिकोण र योजना रहेको जिकिर गर्नुभयो ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १८:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...