back
NMB ad

‘दैजीमा औद्योगिक क्षेत्र र कैलालीमा विशेष औद्योगिक क्षेत्र’

Kumari bank ad

कञ्चनपुर । पूर्वमन्त्री एवं नेकपा (एमाले) पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले राष्ट्र निर्माणको अभियान सञ्चालन गरी देशलाई समृद्ध बनाउनका लागि वाम गठबन्धनको आवश्यकता परेको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीमा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै थापाले वाम गठबन्धनको दुई तिहाइको सरकार गठन गरी देशमा राजनीतिक स्थायित्व, दीर्घकालीन विकास र रोजगारीको अवसर सिर्जना गरिने जिकिर गरे ।

बन्द अवस्थामा रहेको औषधि लिमिटेड सञ्चालन गर्ने निर्णय आफ्नै पालामा भएको जिकिर गर्दै उनले भने “अहिले नवीन्द्रराज जोशी मैले सञ्चालन गर्न लागेको भन्दै छन् । अर्थमन्त्री डा रामशरण महतसँग कुरा गरेर सरकारी लगानीका उद्योग खोल्नुपर्छ भनेर प्रक्रिया अगाडि मेरै पालादेखि अगाडि बढेको हो ।”
दैजीमा औद्योगिक क्षेत्र खोल्नका लागि प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै थापाले कैलालीमा विशेष औद्योगिक क्षेत्र(सेज) बनाउन राखिएको प्रस्ताव पनि वाम गठबन्धनले अगाडि बढाई सयौँ युवालाई रोजगारी दिने बताए ।

“प्रदेश नं ७ मा वाम गठबन्धनको सरकार गठन भएमा खेलकुदमा नेपाललाई चिनाउनका लागि खेल विज्ञान विषयमा पढाइ प्रारम्भ गर्ने, खनिजशास्त्रको पढाइ सञ्चालन गर्ने र पाँच लाख बढीलाई रोजगारी दिई आत्मनिर्भर बनाउन चाहन्छौँ”, थापाले भने । स्वस्थ्य समाज निर्माण गर्नका लागि योग शिक्षालाई अनिवार्य बनाइने र माथिल्लो कर्णाली, पञ्चेश्वर र पश्चिम सेती जलविद्युत् आयोजना सञ्चालन गरी प्रदेश नं ७ लाई विद्युत्मा आत्मनिर्भर बनाउन चाहेको उनले बताए ।

सोही कार्यक्रममा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले वाम गठबन्धनको सरकार गठन भएमा समाजिक सुरक्षाभत्ताको रकम रु दुई हजारबाट रु पाँच हजारमा पु¥याई ज्येष्ठ नागरिकलाई सम्मान गरिने बताए ।

प्रदेशसभाका उम्मेदवार लालबहादुर खड्काले प्रमाणपत्र धितो राखी विनाब्याज युवालाई ऋण उपलब्ध गराई रोजगार दिन र भोगचलन गर्दै आएको जग्गा बसेकै ठाउँमा नापनक्सा गरी जग्गाधनी पुर्जा उपलब्ध गराउन तत्पर रहेको बताए ।

निर्माणाधीन पुल समयमा पूरा गरिने
वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार डा दीपकप्रकाश भट्टले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको डिजाइन संशोधन गरी तोकिएको समयमा पूरा गरिने बताए ।

गठबन्धनले आज ब्रह्मदेवमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले दोधारा–चाँदनीका बासिन्दालाई सिँचाइ सुविधा पु¥याउन पुलको डिजाइन फेरेर पश्चिमपट्टि ब्यारेज र हेड थप्ने प्रस्ताव गरिएको जानकारी दिए ।

“नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा महाकालीको पुलका लागि बजेट विनियोजन गरिएको हो, अहिले निर्माण थालिएको छ” , उनले भने, “दोधारा–चाँदनीमा सिँचाइ सुविधा पु¥याउन डिजाइन फेर्ने कुरा गरिएको हो । नहर पनि लैजान्छौँ, तीन वर्षमा पुल पनि बनाउँछौँ ।” एकीकृत महाकाली विकास सन्धिअनुसार शारदा ब्यारेजबाट पाउनुपर्ने ३५० क्युसेक पानी दोधारा–चाँदनीले अहिलेसम्म नपाएकाले पुल पश्चिममा ब्यारेज बनाएर सिँचाइ सुविधा पु¥याउने कार्यसूची अघि सारिएको डा भट्टले बताए ।

जीवनमा एक पटक कैलाश मानसरोवर पुग्ने इच्छा हुने सबैका लागि ब्रह्मदेव– टिंकर सडक सहज हुने भएकाले धार्मिक पर्यटक र आर्थिक व्यापार विस्तार गरिने उहाँको भनाइ छ ।

शहिद गौतमको सम्झनामा शालिक
निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार वीना मगरले पुनर्वासको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीका गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको सम्झनामा शालिक बनाइने घोषणा गरेकी छन् |

पुनर्वासमा आज आयोजित चुनावीसभामा उनले गौतमले राष्ट्र र राष्ट्रियताका लागि ज्यान दिएको उल्लेख गर्दै उहाँको वीरता विश्वभर चिनाउन शालिक बनाउने बताए । उनले बेरोजगारी र गरिबी अन्त्यका लागि औद्योगिकीकरण गरिने तथा आरक्ष पीडित र लालपुर्जा नपाएकाका समस्या समाधान र सडकलाई हिलो र धुलोमुक्त गरिने प्रतिबद्धता व्यक्त गरे ।

गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार तारालामा तामाङले दक्षिणी क्षेत्रको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत दिन आह्वान गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १६ शनिवार ०८:४१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...