back
NMB ad

वाम सरकारले सम्बृद्धि ल्याउँन नसके सदाका लागि राजनीति छोडिदिन्छु : रामविर मानन्धर

Kumari bank ad

काठमाडौँ । संयुक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेदवार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् ।
कम्यूनिष्ट एकता आजको ऐतिहासिक आवस्यकता रहेको भन्दै उनले निर्वाचन पछि बहुमतको वाम सरकार बन्ने र त्यो सरकारले नै देशको सम्बृद्धिको बाटो खोल्ने बताएका हुन् ।

देशको स्थिर र तिव्र विकासको लागि वाम सरकारको विकल्प नरहेको भन्दै उनले वाम सरकारले गर्न नसकेको विकास अरु कसैले गर्न नसक्ने र वाम सरकारले पनि अवको पाँच बर्ष भित्र सम्बृद्ध नेपालको निर्माण गर्न नसके आफूले सदाका लागि राजनीति नै छोडिदिने समेत घोषणा गरेका छन् ।
निर्वाचनको मिति नजिकीदै गर्दा घरदैलो र विभिन्न मतदाता भेटघाटको कार्यक्रमलाई तिव्रता दिएका उनले घरदैलोको क्रममा मतदाताहरुलाई तिव्र विकास र सम्बृद्धिका लागि ढुक्क भएर वाम गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

भष्ट्राचार गर्नुपरे राजनीतिबाटै सन्यास लिने घोषणा गरिसकेका मानन्धरको वाम सरकारले सम्बृद्धि ल्याउन नसके सदाका लागि राजनीति छोडिदिने घोषणाले क्षेत्र नम्बर ७ मा नयाँ तरङग सृजना गरेको छ । राप्रपाका विक्रम थापासंग प्रतिशपर्धामा रहेका उनले यस अघि सांसद हुँदा गरेका सम्पूर्ण कामको विवरण समेत स्वेत पत्र मार्फत प्रकाशित गरेर जनताको घरघरमा पुर्याएका छन् ।
घरदैलोको क्रममा मतदाताले खासगरी खानेपानी र अन्य केही भौतिक पुर्वाधार विकासका लागि पहल गर्न उनिसंग आग्रह गरिरहेका छन् । अग्रजको आर्शिवाद र शुभेक्षुकको शुभेक्षा ग्रहण गर्दै घरदैलो गरिरहेका मानन्धरले स्थानिय सरकार र उपल्लो तहसंग समन्वय गरी विकासको गतिलाई अगाढी बढाउने सोचमा आफूरहेको र खासगरी फूटपाथ सहितको वालवालिका एवम् बृद्ध बृद्धा सहज तरिकाले हिड्न सक्ने सडकको परिकल्पनामा आफू रहेको साथै उद्योग तथा पर्यटन विकासका लागि समेत गुरु योजना बनाएर अगाढी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा, स्वस्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा महत्वकाँक्षी योजना बनाएर निर्वाचनमा होमिएका उनले नेपाली काँग्रेसका समेत निष्ठावान कार्यकर्ताले मत दिएर आफूलाई सान्दार विजयी गराउने दावी गरे ।

वाम गठबन्धनको लहर देखेर आत्तिएकाहरुले आफू विरुद्ध केही कुप्रचारको प्रयास गरेपनि उनीहरुको त्यो प्रयास केवल पानीको फोका जस्तै भएको भन्दै उनले निर्वाचित भएपछि आफू निरन्तर जनताको सम्पर्कमा रहेर जनताको समस्या र गुनासो सम्बोधनका लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति ः १६ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १६ शनिवार २१:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...