Logo

“धनकुटाका ६७ मतदान केन्द्र अपाङ्गतामैत्री

धनकुटा । धनकुटा जिल्लाका ६७ वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ ।
अपाङ्गता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको हो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीका अनुसार अपाङ्गता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपाङ्गतामैत्री केन्द्र बनाइएको हो ।

जिल्लाका कुल ११७ वटा मतदानस्थलअन्तर्गतका १५३ वटा मतदान केन्द्र रहेका छन् । जिल्लाको कूल एक लाख पाँच हजार १८८ जना मतदाता रहेको धनकुटामा १७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाको तथ्याङ्क छ ।

प्रकाशित मिति : २० मंसिर २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com