Logo

लघुवित्तको तीन लाख कित्ता आईपीओ आउँदै, विक्रि प्रबन्धक तोकियो

काठमाडौं । सामसदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निस्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले सो लघुवित्तलाई ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

आइपीको निष्कासन पश्चात कम्पनीमा संस्थापक लगानीकर्ताको ७० प्रतिशत तथा साधरण लगानीकर्ताको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मेवारी लिएको छ ।
२०७० साल चैतबाट कारोवार गर्दै आएको सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्था हो । १५ जिल्लामा वित्तीय कारोबार गर्दे आएको संस्थाको हाल ३२ वटा शाखाहरुबाट सेवा प्रदान गरिँदैछ ।

२०७४ पुस १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com