back
NMB ad

बौरियो सेयरबजार, हरीयो बजारले घट्यो लगानीकर्ताको तनाव

Kumari bank ad

काठमाडौ । झण्डै दुई सातादेखि ओरालो लागेको सेयरबजारमा सोमबार हरियाली छाएसंगै लगानकर्तामा थोरै आशा पलाएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुन नदिन राष्ट्र बैंकले वित्तीय बजारमा रकम परिचालन गर्न थालेपछि बजारको रुप फेरिएको हो ।

आइतबारसम्म १२९.५७ अंकले घटेको बजारमा सोमवारको ४४.२२ अंकको बृद्धिले बजारलाई ३४.१२ प्रतिशतले कभर गरेको छ। सोमबारको कारोबारमा ४४.२२ अंकले बृद्धि हुँदै नेप्से १४३४.८० अंकमा रोकिएको छ। ३.१८ प्रतशितले बढेको बजारमा कारोबार भने ४९ करोड ४३ लाख रुपैयाँको मात्र भयो। बजार बढेको तुलनमा कारोबार रकम भने धेरै न्युन भएको छ, जवकी गत १३ गते बिहीबार २४ अंकले बजार घट्दा पनि ७३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो।

बैंक तथा वित्तीय संस्थासँग रहेको विकास ऋणपत्र खरिद गरेर आइतबार पाँच अर्ब रुपैयाँ वित्तीय बजारमा पठाएको राष्ट्र बैंकले बुधबार थप दश अर्ब रुपैयाँ पठाउने तयारी गरेपछि सेयरबजारका लगानीकर्ता उत्साहित भएको पाइएको छ । साथै राष्ट्र बैंकले आफूसँग भएको दुई अर्ब ३१ करोड रुपैयाँ समेत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । यसले पनि बजारमा तरलताको अवस्था थप सहज हुने भएपछि लगानीकर्ताको मनोबल बढ्दा सेयरबजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

विशेषगरी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मुनाफा बापतको ठूलो रकम बाहिर लैजाने टुङ्गो लागेपछि वित्तीय बजारमा तरलताको समस्या विकराल बनेको थियो । अर्कातर्फ टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्न ८ अर्ब बढी रकम बैंकिङ्ग च्यानलबाट बाहिरिने कुराले तरलता संकटको अवस्था आउने आँकलन गरिएको थियो ।

अर्कातर्फ बैंकहरुमा लगानी योग्य रकमको अभाव भएको भन्दै राष्ट्र बैंक र अर्थमन्त्रालय गुहार्न पुगेका बैंकरहरुले नै निक्षेपको ब्याजदर नबढाउने सहमति गरेपछि तत्काल ब्याज नबढ्ने आशमा लगानीकर्ता पूँजीबजार तर्फ फर्किएका छन् ।

नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले तत्काल निक्षेपको ब्याजदर १२ प्रतिशत भन्दा माथि नबढाउने सहमति गरेको थियो । बैंकहरुले धमाधम निक्षेपको ब्याज बढाउन थालेपछि सेयरबजारका केही लगानीकर्ता बैंकमा रकम जम्मा गर्न पुगेका थिए ।

पूँजी बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर्स फोरम र बैंकर्स संघले धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्न सकारात्मक बनेका थिए । आइतबार नै इन्भेष्टर्स फोरमले बैंकर्स संघलाई मार्जिन कर्जा, मार्जिन कल र मार्जिन कर्जाको ब्याजदरमा लचकता अपनाउन पहल गर्न आग्रह गरेका थिए ।

बजार ४४ अर्बले बढ्दा लगानीकर्ताको सम्पत्ति ५२ अर्बले बढेको छ । यो सँगै सोमबार समग्र बजार पूँजीकरण १६ खर्ब ६९ अर्ब कायम भएको छ ।

यसदिन स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको उच्च कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीका संस्थापक तथा साधारण र वल्र्ड मर्चेन्ट बैंकिङ्गका लगानीकर्ताले सबैभन्दा धेरै आठ प्रतिशत बढीले कमाएका छन् । उछाल आएको बजारमा पूर्णिमा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै तीन प्रतिशतका दरले गुमाए ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १६:४७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...