Logo

उद्योग वाणिज्य संघमा कटुवाल

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा कटुवाल एक हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी महेन्द्र राउतले ८३१ मत प्राप्त गरेका थिए । निर्वाचनमा एक हजार ९९६ मतदाता सहभागि थिए ।

त्यसैगरी, वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल, एशोसिएट उपाध्यक्षमा गणेश भेटवाल र उद्योग उपाध्यक्षमा माधव न्यौपाने विजयी भएका छन् । वस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चुनिएका थिए ।

२०७४ पुस १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com