back
NMB ad

खुल्यो हाईड्रोपावरको एक अर्ब ६४ करोडको आइपीओ, कस्ले गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन हुने चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । विहीबार अनुमति पाएको यस सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले अधिकृत पूँजीको ७५ प्रतिशत रकम बराबरको पाँच करोड १३ लाख १५ हजार ७५० कित्ता सेयर धितोपत्र बोर्डबाट विहीबार स्वीकृत भएको छ । जसमध्ये ५१ प्रतिशत बराबरको तीन करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयर संस्थापक रहेको छ ।

अनुमति पाएको बाँकी एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँको एकसय रुपैयाँ अंकित दरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुलाई जारी हुनेछ ।

रसुवागढी जलविद्युत्त आयोजनाले रसुवा जिल्लामा १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छ । चिलिमे हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक साढे तीन अर्ब आय हुने अनुमान आयोजनाले गरेको छ ।

कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । पहिलो चरणको संस्थापक र कर्मचारीको प्राथमिक सेयर निष्काशन र बाँडफाँड पश्चात दोस्रो चरणमा मात्र सर्वसाधारमा सेयर जारी हुनेछ । सो समयमा कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत बराबरको एक करोड ७१ लाख पाँच हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र बोर्डबाट स्वीकृति पश्चात फेरी जारी गर्नेछ ।

रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।

उत्तरी रसुवामा निर्माणाधीन आयोजनाको निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भैसकेको छ ।
आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।

आयोजनाको लागत अनुमान १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।

२०७४ पुष २१ गते प्रकाशित

वि.सं.२०७४ पुस २१ शुक्रवार ११:२३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...