back
NMB ad

प्रभावितलाई हाईड्रोको ६ लाख कित्ता आईपीओ, कस्ले कसरी गर्ने खरिद ?

Kumari bank ad

काठमाडौ । कालिका पावर कम्पनीले ६ करोड मुल्यको ६ लाख कित्ता आईपिओ बिक्रि गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई लागि साधारण सेयर (आइपीओ) बिक्री गर्न शुक्रबार धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । आइपीओ जारी गर्न कम्पनीले काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटललाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाटको दरौंदी ‘ए’ साना जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीलाई गरी २० प्रतिशत अर्थात १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीमा ४२ करोड रुपैयाँ बराबरको संस्थापक सेयर रहेको छ ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...