back
NMB ad

पैसा ठिक पार्नुस, ईन्स्योरेन्सको ६० करोडको आइपीओ आउदै

Kumari bank ad

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । २ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनी गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

ईन्स्योरेन्सको प्रधान कार्यालय सहित देशभर ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउनुका साथै सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको छ ।

उक्त वार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा.रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी,संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ । त्यसपश्चात बसेको संचालक समितिको वैठकले डा.रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

२०७४ पुष २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १७:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...