back
NMB ad

गुल्मीको सहकारीको छोटो अवधिमै रु ४४ लाखको कारोबार

Kumari bank ad

गुल्मी । गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ ।

मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताए ।

विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्य रहेका छन । संस्थाले विविध कृषि र पशुजन्य कामका लागि सदस्यलाई एक लाखसम्म ऋण प्रदान गर्दै आएको छ भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने दुईजना उत्कृष्ट अगुवा कृषकलाई प्रोत्साहनस्वरुप सम्मानसमेत गरेको थियो ।

साथै, कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीनजना शेयर सदस्यका छोराछोरीलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे । चौथो साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारीमार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ कार्यक्रम कृषि सहकारीमार्फत अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिए ।

२०७४ पुस २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार १०:५४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...