Logo

महिनाको अन्तिममा बैंक अनिवार्य खोल्नु पर्ने, बिदा नहुने, पुस २९ गते शनिवारबाटै सुरु

काठमाडौं। हरेक शनिबार तथा विभिन्न विदाहरुमा सबै बैङ्कहरु प्राय बन्द रहन्छन् । तर अब भने बैङ्कहरु कहिनाको अन्तमा जस्तोसुकै विदा परेपनी खुला रहनुपर्ने भएको छ । अब बैंकहरुले प्रत्येक त्रैमासको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्तसम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने भएको छ। राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि शाखा खोल्न निर्देशन दिएको हो।

बैंकका साथै आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालय, भन्सार, राष्ट्र बैंक पनि त्यो बेला खुला रहने छन्। राजश्व पापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा क्लियरिङ हाउस पूर्णकालिन खुला राख्न निर्देशन दिएको हो। यसको सुरुवाता पुस २९ गते शनिवारबाटै हुने छ।

अर्थमन्त्रालयले गत असोज १ गते निर्णय गर्दै महिनाको अन्तिम दिन शनिवार वा सार्बजनिक बिदा परेमा पनि बैंकहरु खुला हुनु पर्ने छ।

२०७४ पुष २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com