back
NMB ad

नाट्टा निर्वाचनमा ९० मत गणना गर्दा सिएनलाई २० मतको अग्रता

Kumari bank ad

काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को ५१ औं साधारण सभा तथा अधिवेशन शुक्रबार होटेल सोल्टीमा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ ।

प्रथम उपाध्यक्ष सिएन पाण्डे र द्वितिय उपाध्यक्ष डिके शर्मा प्यानलबीच भएको चुनावी प्रतिस्पर्धाको मत परिणाम आउनेक्र जारी छ । ४६७ मतदाता मध्य ४२४ मत खसेको नाट्टा सचिवालयले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार ९० मत गणना गर्दा सिएन पाण्डेले ५५ मत प्राप्त गरेका छन् भने डिके शर्माले ३५ मत पाएका छन् ।

त्यस्तै प्रथम उपाध्यक्षमा सिएन समूहका अच्युत गुरागाईले ४९ र डिके समूहका चित्रबहादुर गुरुङले ३० मत पाएका छन् ।

द्वितिय उपाध्यक्षमा भने सुनिल शर्मा र संगिता जिरेलले बारबरी ४५/४५ मत पाएका छन् ।

महासचिवमा सिएन समूहका रमेश थापाले ४६ मत र डिके समूहका विनय बस्नेतले ३८ मत पाएका छन् ।

सचिवमा सिएन समूहका हरिभक्त श्रेष्ठको ४९ मत डिके समूहकी सविता भट्टराईले ३० मत प्राप्त गरेकी छिन् ।

कोषाध्यक्षमा भने डिके समूहका रामप्रसाद श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ४६ मत प्राप्त गरेका छन् भने कोषाध्यक्षका उम्मेदवार सिएन समूहका राजकुमार थापाले ४३ मत प्राप्त गरेका छन् ।

सह कोषाध्यक्षमा सिएन समूहका सुरेन्द्र भट्टराईले ५० मत प्राप्त गरेका छन् भने डिके समूहका युवराज सुवेदीले ३५ मत प्राप्त गरेका छन् । गन्न बाँकी मत ३३४ रहेको बताइएको छ ।

२०७४ पुस २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार २२:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...