back
NMB ad

के तपाईलाई थाहा छ ? माघमा मात्रै आउदैछ ९ अर्बको बोनस, हेर्नुहोस कस्को कती ?

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरुले हकप्रद तथा बोनसको प्रस्ताव पारित गरिसकेका छन् भने कतिपय पारित गर्ने तयारीमा छन् । अर्थतन्त्रले विभिन्न कम्पनीहरुको बोनस सेयरको बारेमा यो सामाग्री तयार पारेको छ ।

कुन कम्पनीको कती आउदैछ बोनस ?

(१) प्राइम कमर्सियल बैंकको पुस २५ गते सम्पन्न दशौं बार्षिक साधारण सभाले २७ प्रतिशत अर्थात एक अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरण गरेको छ । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले गत वैशाख १७ गतेपछाडि सेयरधनी बनेर बोनस पाउने लगानीकर्तालाई भने लाभांस वापतको कर आफैँ तिनुपर्ने जनाएको छ । ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण पश्चात ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

(२) फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले नगद लाभांश सहित बोनस दिने भएको छ । संस्थाले गत बर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांस घोषणा गरेको हो । फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको बोनसपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र आइपीओ निष्कासन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा भने ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ ।

(३) स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनी लाई ४ अर्ब ५७ लाख रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३१ औँ बार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेको हो । ४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भएर ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो ।

(४) प्रिमियर इन्स्योरेन्सले बाँडफाँडनै नभएको नयाँ साधारण सेयरलाई समेत लाभांस दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सले केही दिन अघिमात्र बिक्री गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर ९एफपीओ० ले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । कम्पनी संचालक समितिले १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस एफपीओ मार्फत बिक्री गरिएको ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयरले पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले गत पुष १६ गतेदेखि १९ गतेसम्म एफपीओ बिक्री गरेको थियो । जसको बाँडफाँड हुन अझै एक महिना लाग्नेछ । साथै कम्पनीले उक्त बोनसमा कर बापत लाग्ने ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांस समेत वितरण गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

(५) नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड रुपैया बराबरको बोनस सेयर दिने भएको छ । बैङ्कले १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाण्डौमा बसेको बैंकको २४ औं साधारणसभाले कर प्रयोजनको लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रूपैयाँ छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रूपैयाँ नाघ्नेछ ।

(६) कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको ६७३ औं बैठकले साधारण सेयरको २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कृषि विकास बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा कायम गरेको छ । बैंकको सेयर सोमबार प्रतिकित्ता ४१४ रुपैयाँमा कारोबार भएको छ ।

(७) पोखरा फाईनान्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण गर्दैछ । कम्पनी सञ्चालक समितिको ४३९ औं बैठकले सो घोषणा गरेको हो । बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

(८) सिद्धार्थ बैंकले ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस दिने भएको छ । बैङ्कले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने लागेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

२०७४ पुष २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार ०९:५१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...