Logo

खरिद गर्ने होइन त बैंकको ४० करोडको हकप्रद ?

काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंकले ४० करोड रुपैयाको हकप्रद निष्कासन गरेको छ । बै्कले आजैदेखि हकप्रद शेयरको बिक्री सुरु गरेको हो । बैंकले चुक्त्ता पूँजी १० करोड रूपैयाँको १ बराबर ४ को अनुपातमा प्रति शेयर एक सय रूपैयाँ अङ्कीत दरको ४० लाख कित्ता हकप्रद शेयरको बिक्री खुला गरेकोे हो ।

हाल बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । ४ सय प्रतिशत हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गरेको थियो । पुष १५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । बैंकको हकप्रदमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकका शाखाहरूमा आवेदन फर्म उपलव्ध हुने छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

२०७४ माघ २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com