back
NMB ad

पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

Kumari bank ad

गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो ।

विकको घरबाट शुरु भएको आगो अन्य पाँचघरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागीबाट ६५ वर्षीय रण बहादुर विकको रु तीन लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको थियो भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुर विकको पनि तीनलाख २० हजार क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै, स्थानीय ३५ वर्षीय मेघबहादुर विकको रु तीन लाख ६० हजार, अर्का स्थानीय पर्शुराम विकको रु तीन लाख ७० हजार र चक्रबहादुर विकको तीन लाख ७० हजार बराबरको लत्ताकपडा अन्न नगदसमेत क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागी बढ्दै जान थालेपछि पाँच किलोमिटर दूरीमा रहेको प्रहरी चौकी, भुटारबाट प्रहरीको टोली पुगेर स्थानीयको समेत सहयोगमा झण्डै डेढ घण्टापछि आगलागी नियन्त्रण भएको पनि प्रहरीले बताएको छ । – रासस

२०७४ माघ २ गते प्रकाशित

वि.सं.२०७४ माघ २ मंगलवार १०:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...