Logo

कृषि विकास बैंकमा सेयर हुनेलाई खुशिको खबर

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।

बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२÷७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए ।

बैंकले आव २०७३÷७४ मा रु एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बंैकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।

२०७४ माघ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com