Logo

निरन्तर बोनस लिन चाहनुहुन्छ ? पढ्नुहोस यो विवरण

काठमाडौ । लगानी गरेको कम्पनीबाट बोनस निरन्तर आओस भन्ने चाहना सबै लगानीकर्ताको हुन्छ । पछिल्लो समय धेरै
कम्पनीहरुले बोनस बाडिरहेका छन् । निरन्तर बोनस बाड्ने कम्पनीमा अग्रस्थानमा रहेको साल्ट्र ट्रेड्रिङ कर्पोरेन्सले बोनस बढाएर २५ प्रतिशत पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक बर्षको भन्दा बोनस र नगद दुबै ५ प्रतिशतले बढाएको हो ।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ३० हजार ३७५ रूपैयाँ पुग्नेछ ।

आर्थिक बर्ष २०७३र७४ मा कमाएको नाफाबाट कर्पोरेशनले ५१ औं बार्षिक साधारण सभामा २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । कम्पनीको सेयर अन्तिम पटक २०७४ मंसिर २७ गते नेप्सेमा प्रतिकित्ता २७० रुपैयाँमा कारोबार भएपछि त्यस यता कारोबार हुन सकेको छैन ।

२०७४ माघ ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com