back
NMB ad

नेपाली र कोरियालीका ३५ कलाकारका चित्र प्रदर्शनीमा

Kumari bank ad

काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाका करिब ३५ कलाकारका कलाकृति नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ कलाकारका कला प्रदर्शनीमा छन् ।

शनिबारदेखि शुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गर्दै नेपालको परिवर्तनलाई संस्थागत गर्न दक्षिण कोरियाले सघाओस् भन्ने अपेक्षा गर्नुभयो ।
कलाकार तथा कला लेखक मदन चित्रकारले नेपाली कलाकारले समसामयिक सन्दर्भलाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्न सफल भएको बताउनुभयो । कोरियाली प्रा इम गुन उले काठमाडौँमा रहँदा कला प्रदर्शनी र गोष्ठी पनि आयोजना गरिने जानकारी दिनुभयो ।

प्रदर्शनीमा शशी शाह, वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, मुकेश श्रेष्ठ, वरुण पोखरेल, प्रवीण श्रेष्ठ, प्रदीप अधिकारी, भूफान लिम्बू, विक्कुकुमार थापा, मन गुरुङ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ, उमेश साहलगायतका चित्र राखिएका छन् ।

त्यसैगरी कोरियाबाट ली जे साङ, किम उन क्यू, ली क्वान उ, छो सङ यङ, ए रियोङलगायतका चित्र राखिएका छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । –रासस

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...