back
NMB ad

धुनिबेशी नगरबासीलाई युनाइटेड सिमेन्ट्सको एम्बुलेन्स सहित नगद एक लाख सहयोग

Kumari bank ad

काठमाण्डौ । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको छ । माघ १० गते बुधबार एक कार्यक्रम आयोजना गरि धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाइ एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ ।

समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो र राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको तथ्य हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए ।

युनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।

नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकहरु प्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ ।

समाजमा रहेर उद्योग संचालन गरेपछि यहि समाजको हितको निमित्त कार्य गर्नु कुनै पनि संस्थाको उत्तरदायित्व हो, भन्ने सोचका साथ ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री रहेको यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...