back
NMB ad

बैँकको ऋण लिएर उम्कन खोज्नेलाई छोडिन्न : अन्तर्वार्ता

Kumari bank ad

प्रमोदवावु तिवारी, निर्देशक, कृषिविकास बैँक, क्षेत्रीयकार्यालय, जनकपुर

कृषि विकास बैँक लिमिटेड, दोलखा शाखामा आर्थिक तथा ब्यवस्थापकीय अनियमितता भयो भन्ने खबरहरु केही समय अघि निकै चर्चामा रहयो । शाखा प्रमुखले घुस मागेको र सेवाग्राहीलाई हैरानी दिएको भन्ने बिषयले निकै चर्चा पायो । यही कुराको छानविन गर्न बनेको टोलीका प्रमुख एवं कृषिविकास बैँक क्षेत्रीय कार्यालय, जनकपुरका प्रमुख प्रमोदवाबु तिवारीले यो आरोपको ठाडै इन्कार गरेका छन् । ऋण खाएर तिर्न नआउनेहरुले मिडियाको गलत प्रयोग गर्न खाजेको उनको दावी छ । कृषि विकास बैँक आधुनिक समयमा निकै प्रतिस्पर्धात्मक तरिकाले उच्च प्रविधि सहित अघि बढीरहेको र अब देशले राजनीतिक स्थायीत्व पाएसँगै बैंकले रचनात्मक कार्यक्रमहरु ल्याउने जानकारी निर्देशक तिवारीले दिएका छन् । प्रस्तुत छ उनै तिवारीसँग गरिएको कुराकानीको संक्षिप्त अंश

नेपालमा कृषि विकास बैंक स्थापनाको उद्देश्य के थियो ?

नेपाल कृषि प्रधान देश हो । सरकारले २०२४ साल माघ ७ गते कृषि क्षेत्रमा नयाँ प्रविधि र आधुनिकीकरण भित्र्याएर जनतालाई सहजकर्जा प्रदान गर्ने, सरकारका बित्तीय काम कारवाहीलाई जनस्तरमा पु¥याउन र जनताको जीवनस्तर सुधार गर्न स्थापना भएको बैंकहो । कृषि क्षेत्रलाई ब्यवस्थित गरी जनताको आर्थिक विकास गर्ने यसको उद्देश्यहो ।

यो बैंकले आफ्नो उद्देश्य अनुसारका कामहरु गरेको छ त ? यहाँ बाट पैसा लिँदा निकै सजिलो, नतिरे पनि हुने र धेरै बर्ष नतिर्दा छुट हुने, बैंक हो भन्ने बुझाई पनि छ नि ?

हाम्रो नारा नै “तपाई हाम्रो घर आँगनको बैँक” छ । देशभरमै हाम्रो ठूलो सञ्जाल छ । हाम्रो २ सय ५३ वटा शाखाहरु छन् । ४ सय २२ वटा सानाकिसान विकास आयोजनाहरु छन् । देशमा थुप्रै जनताको घरमा हामी पुगेका छौँ, यस मानेमा हामी उद्देश्यअनुरुप नै काम गरिरहेका छौँ । कृषि विकास बैंकका बिषयमा केही भ्रमहरु छन्, सरकारी बैंक भएकोले सरकारले कहिलेकाहीं सहुलियत दिने गर्छ । हरेक बर्ष केही प्याकेजहरु ल्याईने गर्छ र यसैका आडमा केही ऋणीहरु कहिलेकाहीं पैसा नतिर्ने वाहाना बनाउनुहुन्छ तर त्यसरी सजिलै उम्कने अवस्था छैन । नेपालमा सबै बैँकलाई हेर्ने छाता ऐन बनेको छ । अहिले यो बैंक पूर्ण सरकारी होइन यहाँ धेरै शेयर होल्डरहरु पनि हुनुहुन्छ, अब ऋणीहरु निकै सचेत हुनुपर्छ । आजको दिनमा आईपुग्दा हामी निकै ब्यवस्थित छौँ ।

यो बर्ष दोलखा शाखामा निकै अनियमितता भयो भन्ने खबर बाहिर आयो, शाखा प्रमुखले सेवाग्राहीसँग घुस मागेका, पूर्वाग्रही ढंगले कामगरेका कुरा सुन्नमा आएका छन्, तपाईकै नेतृत्वमा छानविन पनिभयो, यो कुराको वास्तविकता के पाउनुभयो ?
दोलखा शाखामा विगतदेखि हामीले ध्यान दिईरहेका थियौँ । पहिलेका कर्मचारीले केही कमजोरी गरेको हुनाले करिब २५ प्रतिशत रकम भाखा नाघेर बसेको थियो । यसमा झण्डै ३० करोड रकमहुन आउँछ । अब यस्तो अवस्था रहनु हुँदैन भनेर हालका शाखा प्रमुख दीपक खतिवडालाई तपाई कडा ढंगले ऋण उठाउन लाग्नुस् भनेर हामीले निर्देशन ग¥यौँ र अन्य अटेरी गर्ने कर्मचारीलाई सरुवा पनि ग¥यौँ । जब दीपकजीले काम सुरु गर्नुभयो, त्यसपछि ऋण नतिरी बस्नेहरु सल्बलाउनथाले, पत्रिकामै नाम आउनथालेपछि त उनीहरुले देशका ठूलै तहका नेताको फोन लगाउने देखि धम्याउने, लोभ्याउने सम्मकाकामहरु गर्नथाले तर बैँकले आफ्नो काम निरन्तर गरेपछि त्यस्ता ऋणीहरुले मिडियाको गलतप्रयोग गरेर अनावश्यक कुराहरु बाहिर ल्याए । वास्तवमा ती आरोपहरु कुनैपनि सत्य छैनन्, हामी अझै कडा ढंगले ऋण उठाउन लाग्छौँ । जनताको पैसा डुब्न दिदैनौ ।

हामीले यो बिषयमा मुख्य कार्यालयबाट प्रवक्ता मार्फत समाचारको खण्डन पनि गरेका छौं । हामीले फिल्डमै आएर सेवाग्राही, ऋणी र कारोवार सबै हेर्दा अब ऋण उठाउने कुरामा चुपलागेर बस्ने अवस्था छैन । अहिलेकै प्रक्रियाले पनि निकै रकम उठिसकेको छ, यसलाई हामीझनै घनीभूत ढंगले अघि बढाउदै लैजान्छौँ । पहिलेका कतिपय कुराबाट सिकेर हामीले अब योजनाबद्ध ढंगले हाम्रा गतिविधि अघि बढाउछौँ लामो समय भएकालाई कालो सूचीमा राख्न सुरु गर्छौँ ।

तपाईको कुराले त बैँकको दोष नै नभएको जस्तो देखियो तर हावा नचली पात हल्लिदैन भन्छन् नि ?

हामीले विभिन्न मानिसहरुलाई भेट्यौँ । पत्रिकामा नाम आउने भनेपछि धेरैले पैसा बुझाएको पनि देखियो । पहिलेदेखि फलोअप नभएर पनि पैसा नउठेको पाइयो, यो त बैँकको कमजोरी नै हो । अनि देशको राजनीतिक अवस्था पनि संक्रमणमा रहेकोले उच्चपदमा रहनेहरुले काम गर्न नदिएको पनि देखियो । तर अब जेजे भएपनि बैँकको बिजनेस डुब्नेगरी कसैलाई माफी दिन नसकिने निश्कर्ष हो । जनकपुरमा सबैभन्दा बढी ऋण नउठेको शाखा यही नै हो । यसलाई हामी चाँडै सुधार गरेर नतिजा देखाउँछौँ ।

सरकारी बैंकहरुको सेवा निकै फितलो हुन्छ, प्रविधि ल्याउन सक्दैनन, प्रतिस्पर्धामा जान सक्दैनन् भन्ने आरोपहरु पनि छन्, नि के भन्नु हुन्छ ?

यी आरोपहरुमा केही सत्यता छ । बैंक स्थापना हुँदाको सन्दर्भ एउटा थियो अहिले अर्कै छ । प्रतिस्पर्धामा जान नसक्नेहरु मर्ज भैरहेका छन् । तर अहिले हाम्रो सेवा सुविधा राम्रो छ । सुरुमा देशमा कम्युटर प्रणाली भित्र्याउने हाम्रै बैंक हो । हामीले एसियाकै उत्कृष्ट सफ्टवेयर डेमोनस्टी २४ प्रयोग गरेर देशभरमै अनलाईन सेवा दिईरहेका छाँै । प्रविधिका हिसावले निकै अघि बढिरहेका छौँ । मावाईल बैंकिङ, एटीम भिजा कार्ड, एल.सी., टी.टी.(विदेशमा पैसा पठाउने सुविधा), आश्वा सुविधा मार्फत जुनसुकै कम्पनीको शेयर हाल्ने ब्यवस्था छ यी लगायत नेपालमा उपलब्ध भएका सबै प्रविधिको भरपुर प्रयोग गरेर ग्राहकलाई सेवा दिईरहेका छौँ ।

बैंकका ब्यवस्थापकीय चुनौती केके देख्नुहुन्छ ? कृषि विकास बैंकले कसरी लागु गर्र्दै जान्छ ?

बैंक भन्ने बित्तिकै पैसाको बिजनेस हो । यसमा थुप्रै चुनौतीहरु हुन्छन् तर हामीले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, जनशक्ति, अनुभव लगायतका कुरा मिलाएर अघि बढीरहेका छौं  । कर्मचारीलाई मोटिभेसन, तालिम जस्ता कुराहरु दिईरहेका छौँ । हामी यो बैंकलाई देशकै नमुना बैंकको रुपमा स्थापनागर्ने तयारीमा जुटेका छाँै । हाम्रो प्रमुख टेवा नै कृषिमा हुन्छ, यी बाहेक नुन देखि सुनसम्म भनेजस्तै, सबै क्षेत्रमा लगानी गरिरहेका छौँ ।

अन्तमा के भन्नुहुन्छ ?

बैंकबाट ऋण लिएर नतिर्ने प्रवृित्तलाई निरुत्साहित गर्नुपर्छ । हाम्रा बिषयमा जेजति कुरा बाहिर आएपनि हामी हाम्रो काममा सफा छौँ, पारदर्शी छौँ । पत्रिकामा आएका कुराले हामीप्रति सबैको ध्यानआकर्षित भयो, हामीले हाम्रा कुरालाई प्रष्ट पार्ने मौका पनि पाएका छांै । तर ऋण खाएर नतिर्नेलाई हामी छोड्नेवाला छैनौँ, जतिसुकै हल्लावाजी गरेपनि बैंकको ऋण तिर्नै पर्छ, यो संसारभरी कै नियमहो । यसमा सहयोग गरिदिन म सबैलाई आग्रह गर्दछु ।

२०७४ माघ १७ गते प्रकाशित 

शरद सापकोटा

वि.सं.२०७४ माघ १७ बुधवार २०:१३ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...