back
NMB ad

२२ देशका प्याराग्लिडिंग पाइलटको पोखरामा मार्चपास

Kumari bank ad

पोखरा । सोमबार बाट सुरु हुने एसियन कन्टिनेन्टल प्याराग्लिडिंग च्याम्पिन्सिपमा सहभागी हुने २२ देशका पाइलटले आइतबार पोखरामा मार्चपास गरेका छन् । पन्चे बाजा सहितको मार्चपासमा प्रतियोगी सबै पाइलटले आआफ्नो देशको रास्ट्रिय झन्डा लिएर सहभागिता जनाएका थिए ।

लेकसाइड को हल्लन् चोक बाट सुरु भएको मार्चपास अम्बोटमा पुगेर समापन भएको थियो । प्याराग्लाइडिङ बिश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको बार्षिक क्यालेन्डर बमोजिम यही फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको सरान्कोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ टुर हुन लागेको हो ।

नेपाल एअर स्पोर्ट्स एसोसिएन, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नेपाल हेनग्लैडिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएन को प्राबिधिक सहयोगमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा एसियाका नेपाल सहित २२ राष्ट्रका १५० खेलाडीले सहभागिता जनाउने र एफ ए आइको मापदण्ड पुरा गरेका अन्य खेलाडीले समेत भाग लिएकाछन् । प्याराग्लाइडिङ खेल साहसिक भएको र त्यो संगै सुरक्षाको हिसाबले अत्यन्तै चनाखो भएर प्रतियोगिता संचालन गर्नुपर्ने हुँदा सबै सुरक्षा निकाए, रेस्क्यु टिम, हेलिकप्टर र एम्बुलेन्स प्रतियोगिता अवधी भर तयारी अबस्थामा रहने आयोजकले जनाएको छ ।

५ दिन सम्म चल्ने प्रतियोगितामा एफ ए आइ को जुरी कमिटीले ५ वोटा छुट्टाछुट्टै टास्क दिने छ र पाँचै दिनको टास्क सबै भन्दा छिटो पुरागर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन साथै उत्कृस्ट पाइलटको एफ ए आइ को र्यांकिंगमा नम्बर समेत बढ्ने छ ।

ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरीमा उत्कृस्ट खेलाडी छानिनेछ भने आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ । एफ ए आइ क्याटोगरि टु अन्तर्गत एस अघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पिएन शिप आयोजना भैसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्रि वर्ल्ड कप संचालन भैसकेको छ ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार १८:१६ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...