Logo

मालबाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन् ।

माघ १७ देखि १९ गतेसम्म चितवनमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ मालबाहक तर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि नेपालको यातायात क्षेत्रमा लागेका श्रेष्ठले यसअघि नेपाल टिप्पर तथा ट्रक यातायात व्यावसायी समितिको संस्थापक अध्यक्ष हुदै दुई कार्यकाल नेतृत्व गरेका थिए । उनी नेपाल यातायात व्यावससायी राष्ट्रिय महासंघको वर्गीय संयोजक भइसकेका छन् ।

निर्वाचित श्रेष्ठले नेपालको यातायात क्षेत्रको विकास र यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफ्नो जित भएको बताए ।

२०७४ माघ २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com