back
NMB ad

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता, नेपालमा लगानी गर्न इच्छुक

Kumari bank ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच भेटवार्ता भएको छ ।

महासंघ सचिवालयमा आइतबार भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि आएको छ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वागत गरेका थिए ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रका बारेमा जानकारी गराए ।

उनले नेपाल र चीनका लगानीकर्ता, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायी, सौर्य ऊर्जा एवं पूर्वाधार निर्माणसँग सम्बन्धित व्यवसायीको भेटवार्ताले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिकरूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताए ।

सो अवसरमा महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीका लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेले सफलता हासिल गर्नसक्ने तथा नेपाली पनि चीनमा आफ्नो व्यापार÷व्यवसाय विस्तार गर्न इच्छुक रहेकोसमेत जानकारी गराए ।

उक्त भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलका व्यवसायीले निकट भविष्यमा अन्य क्षेत्रमा पनि आफूहरू लगानी गर्न इच्छुक रहेको धारणा चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलले व्यक्त गरेको महासंघले जनाएको छ ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार २०:४२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...