back
NMB ad

भूपू सैनिक सम्मेलनः एकसय तीन वर्षका भूपू सैनिकसम्म सहभागी

Kumari bank ad

 

चितवन । नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे ।

नेपाली सेना सैनिक कल्याणकारी बोर्डद्वारा मध्य पृतना हेडक्वाटर चितवनमा आइतबार आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरको उदघाटन गर्दै प्रधान सेनापति राजेन्द्र क्षत्री ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले दिएको सबै खालका जिम्मेवारीले नेपाली सेनाले पूरा गर्दै आएको र संस्थाको छविलाई थप उचाइमा प¥याउन सेनाको भूमिका निरन्तर रहेको उल्लेख गरे ।

प्रधानसेनापति क्षत्रीले नेपालको संविधानअनुसार प्रादेशिक नेपाली सेनाको संरचना तयार गरी जिम्मेवारी पूरा गरिरहेको र तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरवान्वित अनुभूति गरेको बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन नेपाली सेना सफल भएको उल्लेख गर्दै उनले भने, “सरकारले उत्तरी नाका र जिल्ला सदरमुकाम जोड्ने र काठमाडौँ–तराई निर्माण दू्रतमार्ग निर्माणजस्तो राष्ट्रिय गौरवको काम सुम्पेको छ, यसलाई चुनौती र अवसर दुवैका रुपमा लिएका छौँ ।”

नेपाली सेना सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले भूपू सैनिको आर्थिक उन्नति र समृद्धिका साथै भूपू र बहालवाला सैनिकबीच सुमधुर सम्बन्ध बनाउन सम्मेलन जरुरी रहेको बताए ।

अवकाशप्राप्त पूर्वरथी बालानन्द शर्माले कल्याणकारी कोषबाट भूपू सैनिकको सामाजिक जीवन उकास्ने हुँदा लघुउद्यम कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘आर्थिक प्रगति, समुनति र सर्वोपरि हितका लागि काम गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनको मुख्य उद्देश्य भूपू सैनिकको जीवनमा सैनिक कल्याणकारी कार्यबाट थप ऊर्जा ल्याउन, आपसमा भेटघाट गर्नु, अनुभव सुन्नु र प्रेरणाले अघि बढ्नु रहेको थियो ।

नेपाली सेनाले विश्व शान्तिका स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेना सहभागी आएर आएको रकमबाटै सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट कोषको औपचारिकरुपमा स्थापना गरिएको हो । २०७४ पुस मसान्तसम्म कोषमा कूल रु ४२ अर्ब तीन करोड ३८ लाख ६९ हजार रहेको छ ।

नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा १०३ वर्षका ज्येष्ठ भूपू सैनिक गणेशबहादुर अधिकारीलाई प्रधानसेनापति क्षत्रीले दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गरे ।

नेपाली सेना सैनिक कल्याणकारी बोर्डद्वारा मध्य पृतना हेडक्वाटर चितवनमा आइतबार आयोजित भूपू सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा अपाङगता भएका भूपू सैनिकलाई ह्विल चियर प्रदान गर्दै प्रधान सेनापति राजेन्द क्षत्री ।

भूपू सैनिक अधिकारीले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड सैनिकमा बिताएको र त्यो कार्यको सम्मानस्वरुप आफूलाई अभिनन्दन गरेकामा खुशी व्यक्त गरे । भूपू सैनिकमध्ये अहिलेसम्मकै ज्येष्ठ अधिकारी नै हुन् ।

सम्मेलनमा प्रधानसेनापति क्षत्रीले लघुउद्यम गर्ने भूपू र बहालवाला सैनिकलाई रु एकदेखि सात लाखसम्मको चेक हस्तान्तरण गरे । लघुउद्यम गर्नेमा भूपू सैनिक पाँच, बहालवाला सैनिक पाँच र उत्कृष्ट व्यवसाय गरिरहेका पाँच जनालाई सो चेक हस्तान्तरण गरिएको हो ।

नेपाली सेना सैनिक कल्याणकारी बोर्डद्वारा मध्य पृतना हेडक्वाटर चितवनमा आइतबार आयोजित भूपू सैनिक सम्मेलनमा स्वरोजगार अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकबाट चेक हस्तान्तरण गर्दै प्रधान सेनापति राजेन्द्र क्षत्री ।

सो अवसरमा लघुउद्यम सञ्चालन गरेर राम्रो गर्नेलाई सम्मानसमेत गरिएको थियो । नेपाली सेना सैनिक कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बंैकको समझदारीमा लघुउद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।

‘नेपाली सेनाले चितवनमा आयोजना गरेको भूपू सैनिक सम्मेलनमा भाग लिन आएका भूपू सैनिक र सैनिक परिवारले प्रधानसेनापति क्षत्रीसँग प्रत्यक्ष भेटवार्ता गरी काठमाडौँ उपचार गर्न टाढा भएकाले चितवनमा सैनिक अस्पताल बनाउन माग गरेका थिए ।

नेपाली सेना सैनिक कल्याणकारी बोर्ड मध्य पृतना हेडक्वाटर चितवनमा आइतबार आयोजित भूपू सैनिक सम्मेलनमा भूपू सैनिक परिवार ९२ वर्षीय शान्तिदेवी लिम्बुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधान सेनापति राजेन्द्र क्षत्री ।

प्रधानसेनापति क्षत्रीले सैनिकको चाहना र आवश्यकता अनुसार औषधोपचारलाई विकेन्द्रीकरण गरेर लैजाने उद्देश्यका साथ प्रदेश नं ५ को नेपालगञ्जमा क्षेत्रीय सैनिक अस्पताल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको सुनाए ।

साथै प्रदेश नं १ को इटहरी, प्रदेश नं ४ को पोखरामा पनि क्षेत्रीय अस्पताल निर्माण गर्ने कार्य भइरहेको र आवश्यकता परेमा यहाँ पनि सैनिक अस्पताल निर्माण गर्न सकिने सुनाए ।

सम्मेलनमा तीन हजार ७२३ भूपू सैनिक र बहालवाला गरी चार हजार सहभागी भएका थिए । सम्मेलनका अवसर पारेर यही माघ १८ गतेदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ९५४ बिरामीले उपचार गराएका थिए । – रासस

२०७४ माघ २२ गते प्रकाशित

वि.सं.२०७४ माघ २२ सोमवार ०६:५८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...