back
NMB ad

कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित

Kumari bank ad

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ । नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’’, उनले भने, ‘‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ ।’’
अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा बसेका छन् ।

यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ ।

कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको उनको भनाइ छ । अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको उनले बताए ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार ११:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...