back
NMB ad

रसुवागढीको एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयरमा क कस्ले गर्ने आवेदन ? पढ्नुहोस पुरा विवरण

Kumari bank ad

काठमाडौ । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ऋणदाता संस्थाका कमर्चारी र कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि सेयर निष्काशन गर्न लागेको हो ।

उक्त सेयरमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ कित्ता तथा ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख ८४ हजार २१० कित्ता छुट्याइएको छ ।

साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै सिद्दार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक शेयरमा लगानी गर्ने कम्पनीहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि कुल एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर जारी गर्न लागेको हो ।

कर्मचारी सञ्चयकोषमा काम गर्ने कर्मचारीहरुले भने न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्यामा अधिकतम दुई हजार ५०० कित्ता अर्थात दुई लाख पचास हजार रुपैयाँसम्मको सेयर माग गर्न सक्नेछन् ।

यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड चयन भैसकेका छन् । सर्वसाधारणका लागि भने कम्पनीले दोस्रो चरणमा आइपिओ निष्काशन गर्नेछ ।

२०७४ माघ २८ गते प्रकाशित

वि.सं.२०७४ माघ २८ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...