Logo

आगामी वाम सरकारको प्राथमिकतामा पर्यटन क्षेत्रको प्रवद्र्धन – प्रचण्ड

काठमाडौ । आफ्नो सरकारको पालामा तयारी गरिए पनि विभिन्न कामहरु बाँकी रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले पर्यटन क्षेत्रको प्रवद्र्धनमा आगामी सरकार खुलेर लाग्ने बताएका छन् ।

ट्रेकिङ एजेन्सीज् सोसिएसन अफ नेपाल टानले आयोजना गरेको संयुक्त लोसार कार्यक्रममा बोल्दै दाहलले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडी बढाउन पर्यटनले अथाह सहयोग गर्न सक्ने भन्दै पर्यटन क्षेत्रमा रहेका विभिन्न समस्या समाधानमा आगामी वाम सरकारले प्राथमिकताका साथ लाग्ने बताएका हुन् ।

टानका अध्यक्ष नवराज दाहलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डका साथै नेकपा एमालेका नेता तथा पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पा, नेपाली कांग्रसका नेता तथा पुर्व परराष्ट्र मन्त्री प्रकाशसरण महत, नयाँशक्ती नेपालकी नेतृ हिसिला यमी, टानका पुर्व अध्यक्षहरु, पर्यटन बोर्डका प्रतिनिधी तथा पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

टानले २१४५ औं सा फो खि लो लोसारको अवसरमा होटल हायतमा शुभकामना आदान प्रदान तथा मौलिक संस्कृति झल्कने विभिन्न नाचगानका साथै सांस्कृतिक कार्यक्रम गरेको हो ।

२०७४ माघ २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com