back
NMB ad

वातावरण मन्त्री पण्डितको अठोट : ‘एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु’

Kumari bank ad

काठमाडौँ । वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ ।

स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अपिलपत्रमा सडक निर्माण÷विस्तारलाई व्यवस्थित नगरिनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड दिनु र वातावरणमैत्री सवारीसाधनलाई निरुत्साहित गरिनुले काठमाडौँलगायत शहरी क्षेत्रको वातावरणीय प्रदूषणको समस्या विकराल बन्दै गएको उल्लेख छ ।

सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने बताए । उनले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाए ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले रासायनिक पदार्थको प्रयोगलाई नियन्त्रण गर्न, प्लाष्टिकको प्रयोग बन्द गर्न तथा विद्युतीय सवारीलाई प्राथमिकता दिन सकिएमा राजधानीलाई स्वच्छ र स्वास्थ बनाउन सकिने धारणा राखे ।

सोही संस्थाका कार्यक्रम व्यवस्थापक राजन थापाले राजधानीको वायु प्रदूषणको समस्याप्रति नीतिनिर्माता तथा सर्वसाधारणलाई सचेत एवं जागरुक गराउन मास्कमाडौं–३ अभियान शुरु गरिएको जानकारी दिँदै मन्त्रालयसँग सहकार्य गरी वातावरण संरक्षणमा काम गर्न तयार रहेको बताए ।

२०७४ फागुन ८ गते प्रकाशित

वि.सं.२०७४ फागुन ८ मंगलवार १९:५७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...