back
NMB ad

नौजना जुवाडे विरुद्ध अदालतमा मुद्दा दर्ता, हेर्नुहोस को-को परे

Kumari bank ad

नुवाकोट । जुवा (तास) खेलिरहेको समयमा विदुर नगरपालिका–९ स्थित कोलनीबाट पक्राउ परेका नौ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही शुरु गरेको छ ।

तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले आज अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

पक्राउ पर्नेमा ७४ वर्षीय मानबहादुर श्रेष्ठ, ६३ वर्षीय रामबहादुर तामाङ, ५५ वर्षीय गणेश वाइवा, ५२ वर्षीय सोमबहादुर तामाङ, ५० वर्षीय आइतमान तामाङ, ४४ वर्षीय कान्छा तामाङ, ३६ वर्षीय कोइराम तामाङ, ३३ वर्षीय हिमाल तामाङ र २२ वर्षीय हिरालाल तामाङ रहेका छन् । उनीहरुलाई यसअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ गरी सचेत गराएर छाडिएको र पुनः खेलिरहेको भेट्टिएकाले मुद्दा दर्ता गरी कारबाही गर्नु परेको प्रहरीले जनएको छ ।

हीरालाल तामाङको घरमा तास खेल्न सहभागी नौ जनासँग तासको खालमा राखिएको नगद रुपैयाँसहित बाजी राखेको चार थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ फागुन ८ गते प्रकाशित

वि.सं.२०७४ फागुन ८ मंगलवार २०:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...