back
NMB ad

बीमा कम्पनीमा सेयर छ ? पढ्नुहोस् पाइपलाइनमा रहेको दुई अर्ब ८३ करोडको हकप्रदको पुर्ण जानकारी

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विभिन्न ६ बीमा कम्पनीले झण्डै ३ अर्ब रुपैया बराबरको हकप्रद जारी गर्ने तयारी गरेका छन् । बीमा कम्पनीहरुले कूल दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आवेदन दिनेमा आर्थिक वर्ष २०७२/७३ मा पाँच प्रतिशत मात्रै बोनस प्रदान गरेको सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर २८ करोड ८७ लाख ७५ हजार रुपैंया मूल्यमा बिक्री गर्न लागिएको हो । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको हो ।

सूर्या लाइफ इस्योरेन्ससंगै सिद्धार्थ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सले कूल दुई अर्ब ८३ करोड ४८ लाख ८३ हजार ७१४ रुपैयाँको दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेका हुन् ।

जसअन्तर्गत लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर २९ करोड ७० लाख रुपैयाँमा बिक्री गर्न लागेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समिति निर्देशन अनुसार संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गरेर मात्र हकप्रद निष्काशन गर्ने निर्णय गर्दै ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर ७२ करोड ९० लाखमा बिक्री गर्न निवेदन दर्ता गराएको छ ।

आव २०७२/७३ मा २० प्रतिशत बोनस वितरण गरेको एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

यस्तै आव २०७३/७४ मा २५ प्रतिशत बोनस वितरण गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँमा बिक्री गर्न लागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

आव २०७३/७४ को साधारण सभा समेत नगरेको नेपाल इन्स्योरेन्स कम्पनीले पनि ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर ३० करोड १९ लाख ८८ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

२०७४ फगुन ९ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन ९ बुधवार ०८:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...