back
NMB ad

मेरो हरेक पाइला विकासको बाटोमा : प्रम ओली

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताएका छन् ।

बुधबार काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताए । ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताए । ‘युद्धसँग जोडिएका ति किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोक मै रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्घाटन गर्न पुगेका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास सगर्नुपर्ने बताए । गतबर्ष देखि हरेक बर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गरेका प्रधानमन्त्री ओलीले आगामी बर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताए ।

दुईदिन भित्र सरकार विस्तार

प्रधानमन्त्री ओलीले दहचोक मै सरकार कहिले हुन्छ भनेर राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने ‘भोलि र पर्सीमा सरकार विस्तार हुन्छ ।’

तस्विर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

२०७४ फागुन ९ गते प्रकाशित

वि.सं.२०७४ फागुन ९ बुधवार २१:५६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...