back
NMB ad

१४० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको राष्ट्रिय बिमाले १२० प्रतिशत बोनस वितरण गर्ने, कती छ खुद नाफा ?

Kumari bank ad

काठमाडौ । एक सय चालिस रुपैयाँ प्रतिसेयर आम्दानी रहेको राष्ट्रिय बिमा कम्पनीले १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । १३९ रुपैया ७० पैसा प्रतिसेयर आम्दानी र ८४३ रुपैया ११ पैसा नेटवर्थ रहेको कम्पनीले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट उक्त बोनस घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०६३/६४ देखी ६८/६९ सम्म गरि ६ वर्षको गरि एकै पटक १२० प्रतिशत बोनस बाड्न लागेको हो । प्रस्तावित लाभांस बीमा समितिले स्वीकृतगरे पश्चात वितरण गरिने जनाईएको छ । २०७१ साउनबाट जिवन बीमा बनेको कम्पनी त्यसअघि राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा संस्थानको रुपमा रहेको थियो ।

२६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनस पश्चात पुुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले बक्यौता रहेको आथिक वर्षहरुको साभारण सभा सकेर बोनस र एफपिओ मार्फत २०७५ असार भित्र चुक्ता पुँजी एब अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

कम्पनीमा नेपाल सरकार, नेपाल बैङ्क लिमिटेड र कर्मचारी सञ्चय कोषको गरि ८०.४६ प्रतिशत र सर्वसाधारणको १९.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको बीमा कोषमा १ अर्ब २६ करोड र रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्षको तुलनामा यो वर्ष ४२.३७ प्रतिशत बढी नाफा गरेको छ ।

२०७४ फागुन ११ गते प्रकाशित

वि.सं.२०७४ फागुन ११ शुक्रवार २१:१२ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...