back
NMB ad

एमाले निकट पर्यटन ब्यबसायीमा ५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत, पदाधिकारी चयन आज

Kumari bank ad

काठमाडौँ । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शुक्रबार अवेरसम्पन्न महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष चन्द्र रिजालले बताए । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन प्रबद्र्धन विभागका प्रमुख सूर्य थापाको विशेष पहलमा सिंगो ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत गर्न सफल भएको रिजालले जानकारी दिए ।

निर्वाचित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने परम्परा भएकोले शनिबार बस्ने बैठकद्वारा टुंगो लगाइने निवर्तमान महासचिव घनेन्द्र श्रेष्ठ बताउँछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको प्रकृया अगाडी बढीसकेको र हिजै मात्र जनवर्गिय संगठनको भेला प्रशिक्षण मात्र गर्ने, नेतृत्व चयन प्रकृया स्थगित गर्ने एकता संयोजन समितिले निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मान्दै सचिवालय गठन गरेर जाने प्रस्तावमाथी छलफल हुने श्रेष्ठ बताउँछन् ।

यस अघि नेतृत्वका लागि उपाध्यक्षहरु सीताराम सापकोटा र मदन आचार्य महासचिव घनेन्द्र श्रेष्ठले आकांक्षा प्रकट गरेका थिए । चार महिना पछि एकता महाधिवेशन गर्नु पर्ने भएकाले हाललाई पुरानै नेतृत्वले संयोजन गर्ने गरी सचिवालय गठन हुने संभावना रहेको एक पदाधिकारीले बताए ।

नयाँ कार्यसमितिलाई पर्यटनको विकासमा योजनावद्ध ढंगले काम गर्न निर्देशन दिँदै विभागका प्रमुख सूर्य थापाले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । साथै उनले आर्थिक समृद्धिको एउटा मुख्य आधार पर्यटन पनि भएकाले यसलाई उद्योगको मान्यता दिलाउन सरकारसँग अफूले पनि मध्यस्कर्ताको भूमिका निर्वाह गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यसमितिमा सर्वसम्मत भएका व्यवसायीहरूले व्यवसायमैत्री वातावरण तयार गर्न संगठनलाइ क्रियाशिल तुल्याउने सामूहिक प्रतिवद्धता जनाए । साधै निर्वाचित कार्यसमितिका सदस्यहरूलार्इ शुक्रबारै थापाले पद तथा गोपनियताको शपथ गराइएको थियो ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले शुक्रबार अधिवेशनको उद्घाटन गरेका थिए । पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए । मुलुकको सम्बृद्धिको महत्वपुर्ण विधा भएकाले सरकारले पाँच वर्ष भित्रमा पर्यटन क्षेत्रमा विकास गर्नुपर्ने कामको स्पष्ट खापा सहित प्रस्ताव ल्याउन आग्रह गरे ।

२०७४ फागुन १२ गते प्रकाशित

वि.सं.२०७४ फागुन १२ शनिवार ०९:०५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...