back
NMB ad

प्रचण्डको खुलासा : सोमबार सबै मन्त्रीको शपथ हुने

Kumari bank ad

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे । उनले भने–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उनले बताए ।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए । सो अवसरमा फरक प्रशंगमा बोल्दै उनले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताए । उनले भने, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।”

दाहालले थप्नुभयो “यो हेक्का राख्नुपर्ने कुरा छ । अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उनले बताए ।

२०७४ फागुन १२ गते प्रकाशित

वि.सं.२०७४ फागुन १२ शनिवार १३:०८ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...